शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको जघन्य अपराध हो, छानविन होस्: राप्रपा

कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको जघन्य अपराध हो, छानविन होस्: राप्रपा

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको जघन्य अपराध हो, छानविन होस्: राप्रपा

    निजामति विधेयकमा राखिएको कुलिङ ‘पिरियड’ मा अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ति जनाएका छन् ।

    आज (मंगलबार) सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृतरुपमा परिवर्तन हुनु राज्यविरुद्धको कसूर भएको बताएका छन् ।

    समिति सभापति रामहरि खतिवडालाई लक्षित गर्दै राप्रपा सांसद शाहीले नैतिक हिसावले राजीनामा दिनुपर्नेमा जोड दिए । ‘नैतिकता छ भने राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्छ । पदमा बसेर अनुसन्धान हुँदैन । यो राज्यविरुद्धको कसूर हो । जघन्य अपराध हो । किन भने राज्यको ऐन, नियम, कानुन बनाउने विषयमा समितिले पारित गरेको अर्कै छ । विधेयक पास हुन्छ अर्कै । यो अपराध हो, गलत गर्नेमाथि कडा कारवाही हुनुपर्छ ।’

    राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति खान दुई वर्षे कुलिङ पिरिडको प्रावधान राखेको थियो । सोही व्यस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो । तर,त्यसलाई खण्डित गर्ने अर्को दफा समेत समावेश गरेको भेटिएपछि विवाद सुरू भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार