शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निजामति विधेयकको छलछामले मुलुककै नैतिक धरातल हल्लियो, अक्षम्य अपराध: चन्द्र भण्डारी

निजामति विधेयकको छलछामले मुलुककै नैतिक धरातल हल्लियो, अक्षम्य अपराध: चन्द्र भण्डारी

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • निजामति विधेयकको छलछामले मुलुककै नैतिक धरातल हल्लियो, अक्षम्य अपराध: चन्द्र भण्डारी

    सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदमा पेश गरिएको निजामती सेवा विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन् । त्यसमा छलछाम, ढाँट, कीर्ते र स्वार्थपूर्ति प्रयास गरिएको भन्दै मुलुककै नैतिक धरातल हल्लिएको उनले टिप्पणी गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले लेखेका छन्, ‘संसदमा सांसदलाई समेत ढाँट्ने, छल्ने र कीर्ते गर्ने गरेपछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको हो ?’ भन्दै आक्रोश पोखेका छन् ।

    उनले यो घटनालाई ‘अक्षम्य अपराध’ को संज्ञा दिँदै, इतिहासमै उदाहरण बन्ने गरी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार यो विधेयकसँग जोडिएको प्रक्रिया अपारदर्शी र षड्यन्त्रपूर्ण देखिन्छ, जसले केवल सांसदहरूलाई मात्रै होइन, समग्र लोकतान्त्रिक प्रक्रियालाई नै अपमानित बनाएको छ ।

    भण्डारीले लेखेका छन्, ‘दायित्वमा रहेका सम्बन्धित पक्ष पनि परीक्षणको कसीमा उभिनु पर्छ ।’ संसद र सरकारको उच्च तहमा रहेका व्यक्तिहरूले विधेयकमार्फत गरिने निर्णयलाई चोखो नियतले होइन, नीजि स्वार्थ र पदलोलुपताबाट प्रेरित भएर अघि बढाएको उनको आरोप छ । उनले थप लेखेका छन्, ‘के के देख्नु, सुन्नु र भोग्नु पर्ने हो? यो भन्दा ठूलो लज्जा पनि केही हुँदैन !’ भन्दै लोकतन्त्रप्रति निष्ठावान व्यक्ति र जनतामाझ गहिरो निराशा उत्पन्न भएको संकेत दिएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट