शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

परेन पानी, भएन रोपाइँ

परेन पानी, भएन रोपाइँ

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • परेन पानी, भएन रोपाइँ

    समयमा वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो । जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ ।

    तर यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो । ‘अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ’, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने ।

    सामान्यतयाः महोत्तरीसहितका मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असार भित्र रोपाइँ सक्दछन् । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र रहेको उनले बताए । जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ । यसपालि लामो खडेरीले कुुलोको पानीका स्रोतको मुहान नरसाउँदा यस्ता जग्गामा पनि रोपाइँ कम भएको जनाइएको छ ।

    भङ्गाहा–५ का भूचक्रपुरका किसान लक्ष्मण महतो सरकारले वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेल जस्ता कार्यक्रम र बीउ, मलखाद एवं प्रविधि किसानसम्म पुर्‍याउन सके मात्र खेतीपातीमा किसानको उत्साह बढ्ने बताउँछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट