शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

धनगढी जलमग्न: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

धनगढी जलमग्न: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • धनगढी जलमग्न: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

    आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ ।

    धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चार जना र धनगढीको बेली गाउँका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

    सूचना अधिकारी जोशीले गए राति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झण्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट