शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देउवालाई भेटेर फर्किएपछि शिक्षामन्त्रीले भने–समिति बैठक स्थगित गरौं

देउवालाई भेटेर फर्किएपछि शिक्षामन्त्रीले भने–समिति बैठक स्थगित गरौं

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • देउवालाई भेटेर फर्किएपछि शिक्षामन्त्रीले भने–समिति बैठक स्थगित गरौं

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव गरेका छन् ।

    सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् । उनले नेपाल शिक्षक महासंघसँग थप छलफल गर्नुपर्ने देखिएको बताएका छन् ।

    आज (सोमबार) शिक्षा समितिको बैठकमा पदपूर्तिसहित सहमति जुट्न नसकेका विषयमा महासंघसँग छलफल गर्नुपर्ने देखिएको बताएका हुन् । ‘महासंघसँग अझै वार्ता गर्नुपर्ने देखिएको छ । सहमतिको प्रयत्न गर्‍यौं । तर, सहमति हुन सकेन । विधेयकमाथि छलफल गर्नुभन्दा आजको बैठक स्थगित गरौं’, उनले भने । महासंघका पदाधिकारीसँग आज शिक्षा मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । शिक्षक पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि महासंघका पदाधिकारी छलफलबाट बाहिरिएका थिए ।

    पदपूर्तिमा शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्तले थप परामर्श थालेका थिए । असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ । आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए । हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट