Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मतदाता नामावली दर्ता स्थगन

निर्वाचन आयोगले मतदाता नामावली दर्ता  कार्य स्थगन गरेको छ ।

आयोगले रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको रिक्त एक पदका लागि आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने गरी निर्णय भएकोले जारी रहेको मतदाता नामावली दर्ता  कार्य स्थगन गरेको छ । 

आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको जानकारी दिएको छ ।