नेप्से परिसूचकमा आज पनि वृद्धि भएको छ । आज नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६ अर्ब ३८ करोड ७२ लाख ७ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज राप्ति हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ९.८० प्रतिशतले र वीन नेपाल लघुवित्तको शेयर मुल्य ९.१६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.९२ प्रतिशतले घटेको छ ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ४.६५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ३६ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।