शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यकः  उपाध्यक्ष घिमिरे

संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यकः  उपाध्यक्ष घिमिरे

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यकः  उपाध्यक्ष घिमिरे

    राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसदको जनउत्तरदायी, पारदर्शी र प्रभावकारी कार्यसम्पादनको आवश्यकतामाथि गम्भीर समीक्षा गरिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

    ६७औँ संसद् दिवसको अवसरमा अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संसद्लाई जनमुखी र जीवन्त बनाउनेतर्फ ध्यान दिन सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरेकी हुन् ।

    BimalaGhimire-1712732174.jpg

    उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवद्र्धन गर्न संसद् बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रुपमा महसुस गर्न सक्छन् ।’

    सन्देशमा उनले राजनीतिक दल, सांसद, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताबीचको समन्वय र साझा प्रतिबद्धताले मात्र संसद्को गरिमा पुनःस्थापित गर्न सकिने बताउँदै लोकतन्त्रप्रति जनताको भरोसा कायम गर्न संसद्को भूमिकामा सुधार आवश्यक रहेको स्पष्ट पारिन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार