Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ । 

तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन् । 

यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए । अनशनकारीहरुले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंग गर्नुपर्ने मुख्य माघ राखेका छन् ।

 २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन।