Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

धानलगायत सबै खेतीका लागि सरकारले विशेष व्यवस्था गरेको छः मन्त्री अधिकारी

कृषिमन्त्री रामनाथ अधिकारीले २२ औँ धान दिवसको शुभकामना दिदैँ धानसहित सबै खेतीको विकासका लागि सरकारले विशेष व्यवस्था गरेको बताएका छन् । 

आइतबार कीर्तिपुरमा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समारोहमा बोल्दै उनले आगामी वर्ष धान खेतीमा नेपाली आत्मनिर्भर बन्ने बताए । उनले भने,‘धान दिवसमा सहभागी हुने सबैलाई बधाई । हामीले जुन ढङगले खेती गरेका छौ त्यो खेतीले सिङगो नेपाली आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्यका साथ तल्लिन छौ । त्यसकै सिलसिलामा सरकारले धान खेती लगायतका सबै खेतीहरुको विकासका लागि यो वर्ष विशेष व्यवस्था गरेको छ ।’

उनले आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बन्नका लागि आज धान रोपाईमा सहभागी भएको पनि बताए ।