Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गृह जिल्ला खोप्लाङमा पुगेर खेत जोत्दै डा. बाबुराम भट्टराई (फोटोफिचर)

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का ‍अध्यक्ष डा. बाबुराम भट्टराई रोपाईं गर्न आफ्नो गाउँ गोरखाको खोप्लाङ पुगेका छन् ।

513465784_1268411331324488_4682187857188925790_n.jpg

आज असार १५ तथा धान दिवसको अवसर पारेर भट्टराईले पालुङटार नगरपालिकास्थित खोप्लाङको आफ्नै खेतमा रोपाइँ गरेका हुन् ।

513662947_1268411351324486_5822401587608012135_n.jpg

त्यहाँ उनले अन्य खेतालासँगै हाते ट्याक्टरले खेत जोते, बाउसे गरे, धानको बिउ पनि रोपेका छन् । त्यस्तै उनले निगालाको चोयाबाट बनेको छत्री पनि लाएर कोदालीले खनिरहेका छन् ।

513852815_1268411407991147_3816902823696868562_n.jpg

आज राष्ट्रिय धान दिवस भएकोले सरकार र विभिन्न संघ संस्थाले पनि धान दिवसमा विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।