शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

७५ हजार बढीलाई दुबईमा बन्धक बनाइएको राप्रपाको दाबी

७५ हजार बढीलाई दुबईमा बन्धक बनाइएको राप्रपाको दाबी

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • ७५ हजार बढीलाई दुबईमा बन्धक बनाइएको राप्रपाको दाबी

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ७५ हजार बढी नेपालीलाई दुबईमा बन्धक बनाइएको दाबी गरेका छन् । 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरे पनि तथ्याकंको स्रोतबारे केही बताएनन् । शाहीले दुबई कतार र साउदी अरबमा नेपालीहरुलाई बन्धक बनाइएको भन्दै भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताए ।

    उनले भने, ‘आज हामीले उनीहरुको चीत्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन ?’ उनले राजनीतिक दाउपेच बिर्सेर संसदीय समिति बनाएर भिजिट भिसा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

     सरकारले संसदमा संख्याका आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत उनले आरोप लगाए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट