शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कर्मचारीको संख्या घटाउनुपर्छ, सुविधा बढाउनुपर्छ: चन्द्र भण्डारी

कर्मचारीको संख्या घटाउनुपर्छ, सुविधा बढाउनुपर्छ: चन्द्र भण्डारी

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • कर्मचारीको संख्या घटाउनुपर्छ, सुविधा बढाउनुपर्छ: चन्द्र भण्डारी

    सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अहिले कर्मचारीहरूलाई राज्यले दिएको सुविधा पर्याप्त नरहेको बताएका छन् । अहिलेको सुविधाले कर्मचारीले बालबच्चा पढाउन नसक्ने उनले बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद भण्डारीले कर्मचारीको संख्या घटाएर सुविधा बढाउनु पर्ने बताएका हुन् ।

    ‘डिल्लीराज खनाल आयोगले दिएको प्रतिवेदनका आधारमा कर्मचारीको संख्या घटाउनु पर्छ र सुविधा बढाउनु पर्छ । यो सुविधाको आधारमा कर्मचारीले काम गर्न सक्दैनन्, आफ्नो बच्चा पढाउन सक्दैनन्,’ भण्डारीले भने, ‘संख्या बढाउने बाटोमा गएका छौं, यसले राम्रो गर्दैन ।’

    भण्डारीले पारित भएको संघीय निजामती विधेयकले कर्मचारीले पाइरहेको दोहोरो सुविधा अन्त्य गर्ने विश्वास व्यक्त गरे। कुलिङ पिरियडमार्फत विधेयकले कर्मचारीको अहमतालाई तोड्ने काम गरेको पनि भण्डारीले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार