Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

नेपाल आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० च्यातेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहले रोष्टममै विधेयक च्यातेका हुन् ।

उनले यो विधेयक आम जनता विरोधी भएको बताउदै आफ्नो दलले यसलाई अस्वीकार गर्ने बताए । उनले यो विधेयक सामाजिक न्यायको विरुद्ध रहेको भन्दै सच्याउन र फिर्ता लैजान माग गरेका थिए ।

यो विधेयकलाई अस्वीकार गर्दै उनले रोष्टममै विधेयक च्यातेर संसद बहिष्कार गरेका थिए ।