Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, यस्तो छ समय तालिका

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । 

परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाको नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन् ।

परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

हेर्नुस् सूचना

s(26).jpg