शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • काठमाडौँसहित आज २९ जिल्लामा बाढी–पहिरोको जोखिम

    देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरो र डुुबानको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका १२ जिल्लामा भारीदेखि अति भारी बर्षाको सम्भावना रहेको जनाउँदै बाढी पहिरोको जोखिमबाट सतर्क रहन सूचना जारी गरेको छ । बाढी महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।

    यस्तै जिल्लाका हिसाबले भने आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ । यसैले ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

    आज पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। अतः ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ । उल्लिखित २९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। र पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ ।

    –पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू ।
    –नदी किनार तथा खोला आसपासका बस्तीहरू ।
    –मुख्य तथा सहायक सडक यातायात ।
    –जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना ।
    –कृषि क्षेत्र तथा सिँचाइ प्रणाली ।

    हेर्नुस् सूचना

    badhi(2).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार