शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज धान दिवस:खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

आज धान दिवस:खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • आज धान दिवस:खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

    प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । 

    यसै सन्दर्भमा यस वर्ष 'धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता' भन्ने नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको छ ।

    जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ्दो नकरात्मक असरलाई न्यूनिकरण गर्दै धान बालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेती ( वर्षे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको कृषि मन्त्रालयलले जनाएको छ ।

    विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट