शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव

    माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।

    शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् । 

    बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे । 

    उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीभीटीमा भर्ना के गर्ने ।  सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’ 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट