Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।

शनिबारको प्रतिनिधि सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । 

गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । 

प्रस्ताव पारित हुनुअघि प्रतिनिधि सभामा यस विधेयक बारे छलफल भएको थियो भने छलफलमा उठेका प्रश्नको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।