Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ, गरे पार्टी कार्यालयमै पुगेर हस्ताक्षर

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुदै हस्ताक्षर गरेका छन् ।

डा. भट्टराई शनिबार रास्वपाको पार्टी कार्यालय बनस्थली पुगेर रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, रास्वपा सांसद शिशिर खनाल, केन्द्रीय सदस्य दीपक बोहोरा लगायतले स्वागत गरेका थिए ।