Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एकीकृत समाजवादीका नेता कार्की माओवादी केन्द्रमा प्रवेश

नेकपा एकीकृत समाजवादीका नेता इञ्जिनियर महेन्द्र बहादुर कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

२०२३ सालदेखि कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न एकीकृत समाजवादीका नेता कार्कीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् । 

भक्तपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुन पनि उपस्थित रहेका थिए ।