Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा मनमोहनको अर्धकदको शालिक अनावरण

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले काठमाडौंको नागार्जुन नगरपालिका-७ मा अधिकारीको शालिक र मनमोहन पार्कको उद्घाटन गर्दै अधिकारीको अर्धकदको शालिक अनावरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अधिकारीको शालिक अनावरण गर्दै उहाँको शालिकमा माल्यार्पण गरेका थिए ।