शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्या भण्डारीले आज पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै

विद्या भण्डारीले आज पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • विद्या भण्डारीले आज पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै

    राष्ट्रपति बनेपछि करिब एक दशकदेखि औपचारिक रूपमा राजनीति छाडेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने भएकी छन् । पति मदन भण्डारीको ७५औं जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उदघोष गर्न लागेकी हुन् ।

    कार्यक्रम काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ । राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता–कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आज भने आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन् । आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रमको ओली र भण्डारीले गर्ने सम्बोधन गर्न लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । ओली र भण्डारीले गर्ने सम्बोधन राष्ट्रव्यापी चासोको विषय बनेको छ ।

    २०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चुनिइन् । २०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय (शीतलनिवास) बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन् । राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन् ।

    अहिले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाले प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ। त्यसैले यस कार्यक्रममा सहभागी हुन्छन्, हुँदैनन् अन्योल भने छ । तर उनी साँझ मात्र स्पेनका लागि प्रस्थान गर्ने भएकाले मदन भण्डारी फाउन्डेसनको कार्यक्रम भ्याउने सम्भावना पनि छ । तर यसबीच पनि अन्य केही महत्वपूर्ण कार्यक्रम तय भइसकेकाले ओलीलाई समय मिलाउन हम्मे परिरहेको फाउन्डेसनका पूर्व अध्यक्ष महेन्द्रबहादुर पाण्डेले बताएका छन् ।

    फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले भने प्रधानमन्त्री ओली आफैले कार्यक्रममा सहभागी हुने जानकारी दिएको बताएकी छन् । एमालेमा पछिल्लो समय विभिन्न कमिटी र जनसंगठनहरुको नेतृत्वको दावी गरेर नपाएका, चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता–कार्यकर्ताहरुले संगठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाब दिइरहेका छन् । भण्डारी पनि परिस्थिति बन्दै गएपछि तयार भएको नेताहरु बताउँछन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा मदन भण्डारी हीरक जयन्ती मूल समिति बनाएर देशव्यापी वार्षिक कार्यक्रम गर्ने तयारी भए पनि पार्टीमा यसबारे छलफल र निर्णय नभएको केन्द्रीय कार्यालयले जनाएको छ । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पोखरेल ७० वर्षे उमेर हदका कारण अध्यक्ष ओली र आफूसहितका नेता बिदा हुने र विद्या भण्डारीले नेतृत्व गर्दा फरक नपर्ने लाइनमा खुलेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार