Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्- ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई बधाई, हामीले गरेको सुधारको मिहिनेत काम लाग्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको उल्लेख गर्दै गत वर्ष  ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यस बर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्- 'बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ । सबै भाइबहिनीहरूलाई बधाई !'