Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

धरौटीमा छुटेका माधव नेपालले पार्टी अध्यक्ष पद नछोड्ने

माधव कुमार नेपालले एकीकृत समाजवादीको अध्यक्ष पद नछोड्ने भएका छन् । 

शुक्रबार बसेको पार्टी सचिवालय बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले नेपाल अध्यक्षमा रहिरहने स्पष्ट गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धामा धरौटीमा रिहा भएका नेपाल पार्टी अध्यक्षमा रहिरहने भएका हुन् ।

ज्वालाले संसद पद निलम्बन भएको विषयमा संसदीय दलले बैठक बसेर टुंगाउने तर पार्टी अध्यक्षमा नेपाल रहिरहने बताएका हुन् ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफविरुद्ध लागेको मुद्धाका विषयमा पार्टीमा जानकारी गराएका थिए ।  ज्वालाले नेपाललाई मुद्धा लागेको विषय पार्टीविरुद्धको लगातार षड्यन्त्रको शृंखला भएको पार्टीको बुझाई रहेको बताए ।      

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको दोस्रो चरणको कार्यक्रमको विश्लेषण, यो बिचमा भएका पार्टीका अधिवेशनको समिक्षा र विभिन्न संगठनात्मक एजेण्डामा छलफल भएको जानकारी दिदै ज्वालाले बैठक शनिबार बिहान साढे ८ बजेदेखि फेरी शुरु हुने बताए ।