शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार

महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार

    महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा विस्तार भएको छ । आज वडाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सेवा विस्तार शुभारम्भ गरेका हुन् । 

    महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रवाह हुने गरेका छन् । 

    उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन् । प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् ।

    यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् । निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र र्यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार