Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधान सेनापतिद्वारा सहायक रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरव कुमार केसीलाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।