शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • हिम स्टार उर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

    हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अंकित मूल्य १०० रूपैयाँ रहेको छ । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरिरहेको छ ।

    आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार