Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नुवाकोटमा बाढीले एक महिला बेपत्ता, खोजीकार्य जारी

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीमा बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

Nuwakot_31751009917.jpg

साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाइएको छ ।

Nuwakot1751009921.jpg

सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि  ६५ जना  सुरक्षा फौज उद्दारको लागि खटिएको छ । सो खोलाले पशुचौपायालगायत अन्य सामान बगाएको छ ।