Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काठमाडौं भ्यूटावरका ठेकेदार मनोज भेटवाल पक्राउ

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरको काम गरिरहेका व्यवसायी एवं ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

आज (शुक्रबार) उनलाई अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले अहिलेसम्म आफूलाई जानकारी नभएको र पक्राउबारे बुझिरहेको बताएका छन् ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।