Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ ।

बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो। मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।