शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै

कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सोमबारदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाएका हुन् ।
     
    सभापति देउवाले आइतबार बिहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएका हुन् । कांग्रेसको यस केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ ।

     कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएपनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् भने पार्टीले ति तदर्थ समिति बारे अहिलेसम्म निर्णय लिएको छैन ।

    यस बारे केन्द्रीय समितिको बैठकमा सरकारको काम प्रभावकारी नभएको विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसका दुवै महामन्त्री सरकारको काम बारे असन्तुष्ट रहेका छन् र उनीहरुले सरकारले ल्याएको बजेट बारे कुनै टिप्पणी नै गरेनन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार