Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ट्रकमा ३१९ केजी लागुऔषध चरेश बोकेका चालक पक्राउ

पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रलाई लागु औषध चरेशसहित पक्राउ गरेको छ । 

विशेष सुचनाका अधारमा पर्साको प्रहरी चौकी सिर्सिया पर्साका कार्यालयले वीरगञ्ज महानगर-२१ परवानीपुर चोकबाट ट्रकसहित चालक बुद्धि बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

ट्रकमा लागु औषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको छ भने चालक स्याङ्तानबाट एक लाख ९२ हजार नगद, मालबाहक ट्रक र बरामद लागु औषध चरेशसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिएको जानकारी दिएको छ ।