शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’

सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • सञ्चालनमा आयो सरकारको ‘श्रम संसार एप’

    सरकारले ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याएको छ । विहिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एक कार्यक्रमका बीच ‘श्रम संसार एप’ को शुभारम्भ गरेका हुन् ।  

    श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको हो ।

    यो एपमा आफ्नो विवरण दर्ता गराएपछि यस मार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने बारेको जानकारी प्राप्त गर्न अब सहज हुने परराष्ट्रमन्त्री डा. राणाले बताएकी छन् । साथै उनले यसबाट आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न पनि अब सहज हुने विश्वास व्यक्त गरेकी छन् ।

    परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको उनले बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार