शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगे चार अन्तरिक्ष यात्री

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगे चार अन्तरिक्ष यात्री

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगे चार अन्तरिक्ष यात्री

    एक्सियम-४ मिसन अन्तर्गत अन्तरिक्षमा गएको स्पेसएक्स ड्र्यागन क्याप्सुलका अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ ।

    ड्र्यागन क्याप्सुल निर्धारित समयभन्दा २० मिनेट अगाडि नै  अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग जोडिएको थियो । यसपछि लगभग दुई घण्टाको अनुसन्धानपछि अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् ।

    एक्सियम-४ मिसन अन्तर्गत भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लासहित अन्य तीन अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशन पुगेका छन् । शुभांशु यस मिसनका पाइलट हुन् । शुभांसुसहित यस मिसनमा अमेरिकाका पेगी ह्विटसन, पोल्याण्डका स्लावोस्ज उज्नान्स्की विस्निभ्स्की र हंगेरीका टिबोर गेट रहेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू १४ दिनसम्म अन्तरिक्ष स्टेशनमामा बस्नेछन् । 

    एक्सियम-४ मिसन पटक पटकको स्थगनपछि बुधबार सफल प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष यात्री शुभांशु ४१ बर्षपछि अन्तरिक्षमा जाने भारतीय बनेका छन् । यसअघि, राकेश शर्मा सन् १९८४ मा रूसी मिसन अन्तर्गत अन्तरिक्षमा जाने पहिलो भारतीय थिए ।

    यो मिसन भारतका साथै पोल्याण्ड र हंगेरीको लागि पनि ऐतिहासिक मिसन भनिएको छ । यी दुई देशहरूले ४० वर्षमा पहिलो पटक मानव अन्तरिक्ष उडानमा भाग लिएका छन् । भारत, पोल्याण्ड र हंगेरी संयुक्त मिसन अन्तर्गत आईएसएसमा सँगै गएको यो पहिलो पटक हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट