Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आदेशको पर्खाइमा माधव नेपाल, रामकुमारी झाँक्री पनि पुगिन् अदालत

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध थुनछेक बहस सकिए लगत्तै सो पार्टीकी सचिव रामकुमारी झाँक्री विशेष अदालत पुगेकी छन् ।

अध्यक्ष आदेशको पर्खाइमा रहेका बेला बुधवार राति पौने ८ बजे झाँक्री अदालत पुगेकी हुन् । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बुधबार नेपालको थुनछेक बहस भएको थियो ।

राति करिब ८ बजेसम्म आदेश आएको छैन । नेकपा एसका नेता कार्यकर्ता पनि विशेष अदालतमा देखिएका छन् ।