Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथिको निलम्बन फुकुवा गरेको छ।

आज बुधबार बसेको पार्टी सचिवालय बैठकले दुबै नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

गत पुस १० गते बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणसम्बन्धी विवादास्पद अभिव्यक्तिको कारण देखाउँदै उनीहरूको जिम्मेवारी छ महिनाका लागि खोसेको थियो।

अब उनीहरू पुनः आ-आफ्नो जिम्मेवारीमा फर्किने भएका छन्।