शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जयवीरविरुद्ध ‘स्टाटस’ लेखेका राप्रपा नेता धरौटीमा रिहा

जयवीरविरुद्ध ‘स्टाटस’ लेखेका राप्रपा नेता धरौटीमा रिहा

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • जयवीरविरुद्ध ‘स्टाटस’ लेखेका राप्रपा नेता धरौटीमा रिहा

    सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णुप्रसाद अवस्थितको इजलासले आज उनर्ला धरौटीमा छोड्ने आदेश गरेको हो ।

    केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए । देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।

    तर केसीका परिवारले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले सुनवाइ गर्दै उनलाई थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए । जयवीरकै नामबाट जाहेरी दिए पनि अभियोगपत्र दर्ता गर्दा भने उनको नाम लुकाइएको छ । प्रहरीले जयवीरलाई परिवर्तित नाम ‘साइबर ब्यूरो ५५’ दिएर अभियोगपत्र बनाएको हो । अभियोगपत्रमा केसीबाट मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ ।

    साथै, पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ । काठमाडौंको पाँचतारे हिल्टन होटल खरिद गरेको भन्ने केही मिडियामा आएको समाचारका आधारमा केसीले स्टाटस लेखेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार