शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सँगै भीरबाट हामफाल्दा पत्नीको मृत्यु, पति गम्भीर घाइते

सँगै भीरबाट हामफाल्दा पत्नीको मृत्यु, पति गम्भीर घाइते

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • सँगै भीरबाट हामफाल्दा पत्नीको मृत्यु, पति गम्भीर घाइते

    चितवनमा श्रीमान–श्रीमती सँगै भिरबाट हाम फालेका छन् । भीरमा हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

    भीरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भीरबाट खहरे खोलामा हाम फालेकी थिइन् ।

    लगत्तै उनका श्रीमान लीलाबहादुरले पनि भीरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

    उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार