Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिउँसो बन्द हुने

त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो सवारीसाधनको आवागमन बन्द हुने भएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन कार्य गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको जानकारी दिएको छ ।

सूचनामा भनिएको छ- 'शुक्रबार र शनिबार त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत रानीभञ्ज्याङ क्षेत्रमा मर्मत सम्भार र ह्युम पाइप बिछ्याउने काम हुने भएकाले दुई दिन दैनिक चार घण्टा राजपथ बन्द गरिनेछ ।'