शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनकपुरधाम उपमहानगरको १३ औं नगरसभाः यस्ता छन् प्राथमिकता

जनकपुरधाम उपमहानगरको १३ औं नगरसभाः यस्ता छन् प्राथमिकता

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • जनकपुरधाम उपमहानगरको १३ औं नगरसभाः यस्ता छन् प्राथमिकता

    जनकपुरधाम उपमहानगरपालिकाले १३औं नगरसभाको आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख मनोज कुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, औद्योगिकीकरण तथा ग्रामीण पूर्वाधार विकासजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

    फोहर व्यवस्थापनमा आधुनिकता
    नीति अनुसार, कुहिने र नकुहिने फोहर छुट्याएर कम्पोस्ट मल तथा उर्जा उत्पादन गरिनेछ र त्यसलाई कृषि कार्यमा प्रयोग गरिनेछ । जनशक्ति र प्रविधिको प्रयोग गरी फोहर व्यवस्थापन गरिने जनाइएको छ। साथै, छिमेकी नगरहरूसँगको समन्वयमा सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको तयारी थालिएको छ ।

    स्वास्थ्य र लामखुट्टे नियन्त्रणमा ठोस योजना
    जनकपुरको दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा विशेष योजना लागू गरिनेछ । विपन्न तथा अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा, विद्यालयमा स्वास्थ्य परीक्षण कक्ष र घरदैलो सेवा सञ्चालन गरिनेछ ।

    पर्यटकीय विकास र सार्वजनिक स्थल संरक्षण
    रंगभूमि मैदान, ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान, पर्यटक गाइडको कार्यविधि निर्माणजस्ता काम अगाडि बढाइनेछ । परिक्रमा क्षेत्रमा दर्ता नभएका ई–रिक्सालाई निषेध गर्ने नीति पनि ल्याइएको छ ।

    शिक्षा र खेलकुदमा लगानी
    विद्यालयहरूमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापना, धुम्रपान तथा चलचित्र हेर्न प्रतिबन्धजस्ता कार्यक्रम समावेश छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिनेछ भने प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव आयोजना गरिनेछ ।

    कर छुट र प्रविधि प्रयोग
    तीन लाखसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट दिइनेछ । समयमै कर बुझाउने महिला र पुरुषलाई छुट छुट दिइने नीति लिइएको छ । कर प्रणालीलाई सहज बनाउन मोबाइल एप निर्माण गरिनेछ ।

    कृषि र युवा कार्यक्रम
    ‘एक वडा, एक उत्पादन’ तथा ‘एक वडा, एक पशु फर्म’ कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गरिनेछ । उत्कृष्ट कृषकलाई पुरस्कार दिइनेछ । युवा बेरोजगारलाई ५ लाखसम्म आर्थिक सहयोग, सीप विकास तालिम तथा ‘विन सीप को ना जीव’ कार्यक्रम लागू गरिने जनाइएको छ ।

    वातावरण संरक्षण र पूर्वाधार सुधार
    सडक नामकरण गरी वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिनेछ। खुला व्यायामशाला स्थापना, प्लास्टिक झोला निषेध र विद्युतीय सवारी प्रयोग प्रवद्र्धन गरिने योजना समावेश गरिएको छ ।

    सञ्चार सशक्तीकरण
    स्थानीय सञ्चार संस्थाहरूलाई सशक्त बनाउन पत्रकार महासंघ तथा अन्य संस्थाहरूसँग समन्वय गरिनेछ। ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    समावेशी र दिगो विकासतर्फ उन्मुख
    नीतिमा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग, बस्ती विकास, आपूर्ति तथा उद्योग–व्यापार क्षेत्रसमेत समेटिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको यस वर्षको नीति तथा कार्यक्रम समावेशी विकास, स्वच्छता र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको देखिन्छ ।

    नगरसभामा उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, २५ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार