Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

टिकटकर रमा बस्नेत पक्राउ प्रकरण: सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सत्तारूढ दल र नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

रमाका बाबु बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साईबर व्यूरो लगायतलाई प्रतिवादी बनाइएको छ ।