शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड (भिडियोसहित)

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड (भिडियोसहित)

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • रास्वपा र रविमाथि अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड (भिडियोसहित)

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईहरूले सहमति जनाउनु भएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको उल्लेख गरे । अझ पनि त्यही प्रयासमा आफू रहेको बताए । रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने उनको भनाइ छ ।

    ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन’, उनले भने, ‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरूले पछि बुझ्नु हुन्छ ।’

    प्रचण्डले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार