Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भिजिट भिसा छानविन समितिलाई माओवादीले गर्‍यो स्वागत, सरकालाई दियो धन्यवाद

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरण छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले सरकारलाई धन्यवाद दिएका हुन् । हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।

उनले भने, ‘यसबारे छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियारले गरिरहेको छ । निष्पक्ष रूपले होस् भन्ने हाम्रो अपेक्षा छ । यसको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू छन् । जनताको विषयमा पनि कुरा उठेको छ । त्यसबारे समितिले अध्ययन गर्नेछ ।’

उनले विगतदेखि नै हुँदा आएको समस्या तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास व्यक्त गरे । उनले आफूहरूले निरन्तर निगरानी गरिराख्नेभन्दै समितिले कार्यादेश अनुसार काम गर्ने आशा राखे । तर यो समिति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ ।