Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

महालक्ष्मी विकास बैंकले ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त गर्न सक्ने भएको छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त सकिने सुविधाको औपचारिक रूपमा सुरूवात गरेको हो ।

यसमा नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (एमटीसीएन) बैंकको मोबाइल बैंकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ ।

१०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थप सँगै अब ग्राहकहरू रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइन बस्नु नपर्ने साथै समयको समेत बचत हुनेछ ।

यो सुविधाको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ । डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक मोबाइल बैकिङ्ग एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमा पहिलो विकास बैंक बनेको छ ।

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिेष्कृत गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ ।