Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

समानताको सिँढी: उर्लाबारीमा अपाङ्गमैत्री भवनको सुरुवात (फोटोफिचर)

मोरङको उर्लाबारी नगरपालिकाले पहिलोपटक लिफ्टसहितको अपाङ्गमैत्री सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ। आइतबारदेखि औपचारिक रूपमा उक्त भवन सञ्चालनमा ल्याइएको हो।

उर्लाबारी–३, रामनगर टोलपूर्वमा निर्माण सम्पन्न गरिएको यो भवन नगर क्षेत्रको पहिलो आधुनिक सुविधा सम्पन्न सामुदायिक संरचना हो। २०८२ साल असार ८ गते एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरिएको थियो। 

5.jpg

भवनमा लिफ्ट जडान गरिएको छ, जसका कारण शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीहरूको आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।

6.jpg

कार्यक्रममा बोल्दै नगर प्रमुख गंगाप्रसाद खरेलले सो भवन अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहजीकरणमा योगदान पुर्‍याउने, सामाजिक समावेशीता प्रवर्द्धन गर्ने संरचना भएको बताए। उर्लाबारी नगरपालिकाले उक्त भवनमार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न क्षमता अभिवृद्धि कार्यक्रमहरू, तालिम, छलफल तथा सेवा केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ।

3.jpg

यसले उनीहरूको सामाजिक, आर्थिक तथा मानसिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

2.jpg

नगर प्रमुखसहित जनप्रतिनिधिहरूले सबै वर्गको पहुँच सुनिश्चित गर्ने नीति अनुसार समावेशी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताएका छन्।

4.jpg

अपाङ्गता भएका व्यक्तिको गरिमा, स्वतन्त्रता र समान अवसरको सुनिश्चितताका लागि यस्ता भवन आवश्यक भएको उनीहरूको भनाइ छ।

1.jpg