Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्थानीय तहको पाठ्यक्रम कसरी तयार हुन्छ?

रस्मिता गिरी। मुलुक संघीय संरचनामा गइसकेपछि शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहले तयार गरिरहेका शैक्षिक पाठ्यक्रमहरु प्रभावकारी बन्दै गएको पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ । आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा  विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई सहज भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए ।

 पौडेलले भने,‘मुख्य विषय बाहेक स्थानीय आवश्यक्ताका विषयहरु स्थानीय तहले नै तयार गर्छन् । किनकी स्थानीय आकांक्षा र आवश्यक्ताहरु केन्द्रले समेट्न सक्दैन् । हामी प्राविधिक सहायता गरिरहेका छौं । तर जति काम भइरहेका छन् ति प्रभावकारी छन् ।’
उनले पाठ्यक्रम निर्माणमा व्यवहारिकता, सशोधन गर्नुपर्ने विषयहरु शिक्षण सिकाइका माध्यमहरु, हाँसिल गरेका सिकाइ उपलब्धिहरु एवम टुसहरुका आधारमा पाठ्यक्रम बनाउने गरेको पनि बताए ।

Photo (2) (2).jpg

शिक्षण सिकाइको मुल्यांकन गर्दा सुनियोजित व्यवस्थापन गर्ने, सैद्धान्तिक कुरालाई व्यवहारमा परिर्वतन भयो कि भएन भन्नेकुराको  मुल्यांकन पाठ्यक्रमले नै गर्नेगरि सुझाव दिने गरेको समेत जानकारी दिए । उनले कहिले विज्ञहरुको सुझाव लिएर पाठ्यक्रम विकास गर्ने गरेका त कहिले स्थानीय तह, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा सिकाइ सामग्री तयार गर्ने गरेको बताए ।

स्थानीय स्तरको शिक्षण विकासका लागि स्थानीय पालिकाहरुले अलग्गै शाखा वा महाशाखा स्थापना गरेर काम गरिरहेकाले पाठ्यक्रम विकास केन्द्रसँग काम गर्न सहज भएको औंल्याए । शिक्षासँग सम्बन्धित कर्मचारी वा शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरु पालिकामा रहने व्यवस्था भएकाले काम गर्न सहज भएको उनको बुझाइ छ ।  

पाठ्यक्रम विकास केन्द्रले एउटा टिओआर अनुसार काम गर्नुपर्ने भएकाले हाल विद्यालय शिक्षाको लागि कक्षा  १ देखि १२ सम्म पढाइ हुनेविषयहरुका पाठ्यक्रमको निर्माण गर्ने गरेको जानकारी दिंदै र त्यो पाठ्क्रमले अपेक्षा गरेके सिकाइ उपलब्धि, सक्षमतालाई विद्यार्थीको व्यवहार लागू भए नभएको मूल्यांकन गरिने उनले जानकारी दिए । स्थानीय तहले तयार गर्ने पाठ्यक्रम सैद्धान्तिक रुपमा कत्तिको व्यवहारिक छ त्यसका आधारमा बाँकी काम गरिने गरेको छ ।