Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाली बजारमा बिवाइडीको डल्फिन २०२५ मोडल सार्वजनिक

नेपाली बजारमा बिवाइडीको डल्फिन २०२५ मोडल सार्वजनिक भएको छ। नेपालमा बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इङ्कले नयाँ भर्जनको डल्फिन आज आइतबार नक्सालस्थित बिवाइडीको सोरुममा सार्वजनिक गरेको हो।

कार्यक्रममा साइमेक्स इङ्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले हाम्रो कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने कोसिस गरिरहेका छौं। यो पटक डल्फिनमा नयाँ टेक्नोलोजीको विकास भएको लिथियम आयाेन फोसफेट ब्याट्री उपलब्ध छ। नेपाली सडकमा बिवाइडीका २ हजार ५०० युनिट कुदिरहेका बताइन्।

सार्वजनिक गरेको गाडीमा एनएफ्सी कि लेस इन्ट्री पनि छ। जसले मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ गर्न सकिन्छ। डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार तोकिएको छ। बिवाइडी डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग गरिएको छ। एक पटकको फूल चार्जमा ध डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ।

क्याबिनमा १२ दशमलव ८ इन्चको घुम्ने टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ। सामान राख्नकाे लागि बुट स्पेस ३४५ लिटर छ। जुन पछाडिका सिटहरु फोल्ड गर्दा १३१० लिटरसम्म विस्तार गर्न सकिन्छ। सार्वजनिक डल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्।

छ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्थ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल प्रविधि बिवाइडी डल्फिनमा छ। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपाेर्ट, रियर फ्रेस ट्राफिक अलर्ट जस्ता फिचरहरू पनि छन्।  बिवाइडी डल्फिनले युरो एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ।