Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कहिले सार्वजनिक हुुन्छ एसईईको नतिजा?

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्तीमा १० दिनभित्र यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

गत वर्ष ५ लाख १४ हजार विद्यार्थीले एसईई दिएका थिए। हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन भएको र प्राप्ताङ्क इन्ट्रीको काम भइरहेको परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले जानकारी दिए।

त्यसपछि रूजुको काम हुनेछ। २९ दिनको शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलो भए पनि असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने गरी तीव्र गतिमा काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले बताएका छन्।

गत वर्ष असार १४ गते एसईईको नतिजा प्रकाशन भएको थियो।