Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सुर्खेतबाट हिँडेर काठमाडौं आएका बोहोराले भेटे प्रचण्ड

सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका अभियन्ता नवराज भेंडा (बोहोरा) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।

केही दिनको प्रतीक्षापछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भेटेका हुन्। बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेण्डा लिएर काठमाडौं आएका हुन्।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताएका थिए।

उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना दिएका छन्।